पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउने लक्ष्यसहित फलफूलका बिरुवा रोपिएको झापास्थित जुकेखाडी सामुदायिक वनले जनाएको छ।
झापा– पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन्। जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो।
सामुदायिक वनको ७४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए। ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताको सहभागितामा आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनको भनाइ छ।
जिल्लाको उत्तरी भेगमा जंगल क्षेत्र छ। जहाँ बर्सेनि सयौँ हात्ती नेपाल–भारत ओहोरदोहोर गर्छन् भने दुई दर्जनको संख्यामा रहेका रैथाने जंगली हात्तीले यही जंगललाई बासस्थान बनाउने गरेका छन्। हात्तीबाहेक जंगलमा बस्ने बाँदरबाट पनि जंगल नजिकका बासिन्दा पिरोलिँदै आएका छन्। अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन्।
जंगली जनावर जंगलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको श्रेष्ठले बताए। आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको छ। हाल जंगलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ।
दिउँसो जुकेखाडी जंगलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जंगलमै अलमल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए। “आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन्। जंगलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ,” उनले भने।
समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार ५५८ उपभोक्ता छन्। जंगलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैले घरबाट बिरुवा संकलन गरेका थिए। जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ।
उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत बिरुवा रोप्ने गरेको बताए। वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
