हाल नेपालमा वार्षिक ८० लाख टन धानको माग छ। तर ५१ देखि ५५ लाख टन हाराहारी मात्रै उत्पादन भइरहेको छ।
काठमाडौँ– नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने योजना दशकौँ पुरानो हो। शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय धान दिवसका अवसरमा चितवनको बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे।
तर नेपालमा धान उत्पादन र भारतबाट आयत हुने चामलको तथ्यांक भने टिठलाग्दो छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख सात हजार ४१७ मेट्रिक टन धान आयात भएको छ।
यस्तै ८ अर्ब ६९ करोड १७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारको ८२ हजार ७९१ मेट्रिक टन चामल पनि आयात भएको छ। नेपालमा ८० लाख टन धानको माग छ। हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारी धान उत्पादन भइरहेको तथ्यांक छ। मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ। चामल मात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव रहेको आंकलन गरिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ मै नेपालमा ५२ लाख तीन हजार ४२६ मेट्रिक टन धान फलेको थियो। १३ लाख ३४ हजार २७७ हेक्टरमा धानखेती गरिएको थियो। गत आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ७५ लाखको धान र १५ अर्ब ९१ करोड रुपैयाँको चामल आयात भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
