आत्मघाती आक्रमणकारीले अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितको अन्त्येष्टिमा फेरी अर्को आक्रमण गरेका थिए।
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।
स्थानीय राज्य आपत्कालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुख बेकिन्डो साइदुले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए। “पहिलो विस्फोट शनिबार दिउँसो ३ बजे विवाह समारोहमा भएको थियो। त्यसपछि दोस्रो विस्फोट जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो,” उनले भने।
बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तिनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण (आइईडी) विस्फोट गराएकी हुन्।
आत्मघाती आक्रमणकारीले सोही शहरको अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितको अन्त्येष्टिमा फेरी अर्को आक्रमण गरेका थिए।
क्यामरुनको सीमापार रहेको नाइजेरियाली शहरमा एक दशकभन्दा बढी समयदेखि हिंसा हुँदै आएको छ। बोको हरामले सन् २०१४ मा ग्वोजालाई कब्जा गरेको थियो तर त्यसको एक वर्षपछि चाडेली सेनाको सहयोगमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
