काठमाडौँ महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरूले आनाकानी गरेका छन्।
महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो। उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनै पनि अस्पताल महानगरको स्वास्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।
महर्जनका अनुसार केही अस्पतालले भने आफ्नै फार्मेसी सञ्चालनका लागि महानगरले दिएको समयसीमा अपुग भएको भन्दै आगामी साउनदेखि शुरू गर्ने जानकारी गराएका छन्।
अस्पताले नै फार्मेसी सञ्चालन गर्दा बिरामीलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ। हाल ५२ अस्पतालमध्ये १६ अस्पतालले मात्रै आफ्नो फार्मेसी सञ्चालन गरेका छन्।
त्यसैगरी अस्पताल एक व्यक्तिका नाममा र फार्मेसी अर्को व्यक्तिका नाममा सञ्चालन भएका अस्पतालको संख्या २८ छ। अन्य बाँकी केहीले फार्मेसी नै सञ्चालन गरेका छैनन्।
महानगरले गत जेठ २३ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो। अस्पतालहरूले अन्य व्यक्तिलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ता गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको भन्दै महानगरले सम्बन्धित अस्पताललाई नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो।
महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पताललाई आफ्नो स्वामित्वमा अनिवार्य रूपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
