मेक्सिको विश्वकपबाट बाहिरिएसँगै प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएका छन्।
काठमाडौँ– मेक्सिकोका प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएका छन्। बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा एशियाली राष्ट्र साउदी अरबलाई २-१ गोल अन्तरले पराजित गरे पनि मेक्सिको अन्तिम १६ मा पुग्न असफल भएको थियो।
खेलपछिको पत्रकार सम्मेलनमा मार्टिनोले मेक्सिको विश्वकपबाट बाहिरिएसँगै आफ्नो सम्झौता सकिएको जानकारी दिए। "म पहिलो जिम्मेवार व्यक्ति हुँ। म यो ठूलो असफलताको लागि पूर्ण रूपमा जिम्मेवारी लिन्छु। साउदीसँगको खेलमा रेफ्रीले अन्तिम सिट्टी बजाउने बित्तिकै मेरो सम्झौता सकिएको छ," उनले भने।
सन् १९९० को विश्वकपमा प्रतिबन्ध लगाइएपछि मेक्सिको विश्वकपको समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो। सन् १९९४ देखि २०१८ को ७ विश्वकप संस्करणमा मेक्सिको लगातार अन्तिम १६ मा पुग्न सफल भएको थियो।
कतार विश्वकपको उद्घाटन खेलमा पोल्यान्डसँग गोलरहित बराबरी खेलेको मेक्सिकोको दोस्रो खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएको थियो। तर, अन्तिम खेलमा भने मेक्सिकोले साउदी अरबविरुद्ध २-१ को जित निकालेको थियो।
समूह 'सी' मा अर्जेन्टिना ३ खेलबाट २ जित र १ हारसहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो। पोल्यान्ड भने समूह उपविजेताको रूपमा अघिल्लो चरणमा पुग्यो। मेक्सिको र पोल्यान्डले समूह चरणमा समान ४ अंक जोडेका थिए। तर, गोल संख्याको आधारमा पोल्यान्ड अन्तिम १६ मा पुग्न सफल भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
