एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कारद्वारा नगदसहित सम्मान गरिएको हो।
काठमाडाैँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरीरहेका आठ उद्यमीलाई पुरस्कृत गरेको छ। आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कारद्वारा नगदसहित सम्मान गरिएको हो।
वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमा नै रोजगारीका अवसरहरू सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ।
राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीलाई सार्वजनिक रूपमा नै आवेदन माग गरिएको थियो। इमेल मार्फत ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए। विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणबाट प्राप्त प्रतिवेदनहरूको आधारमा सम्भव भएसम्मका सात वटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमीलाई छनोट गरिएको हो।
झापाका चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। पुरस्कार वापत एक लाख ५० हजार रूपैयाँ नगद प्राप्त गरेका छन्। गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। पुरस्कार वापत उनीहरूले ७५ हजार रूपैयाँ नगद प्रदान गरेका छन्।
उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुकभित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए। "एक पटक विदेश गएर सिकेका ज्ञान र सीपलाई मुलुक भित्रै प्रयोग गरी उद्यमी बनाउनका लागि आवश्यक वातावरण तयार पार्नुपर्छ। यसका लागि सहुलियत कर्जालाई सहज र व्यवस्थित बनाउनु पर्नेछ," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
