बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको बताए। अब बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुंगेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयको माग छ।
म्याग्दी– बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ। बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट सडक कालोपत्र र ढलान भएको हो।
गण्डकी प्रदेश सरकारको ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाबाट ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। कालोपत्र गर्ने जिम्मा श्रमजीवी निर्माण सेवाले ५६ लाख ५२ हजार रुपैयाँमा लिएको थियो।
बाँसबोटमा ३३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इञ्जिनियर दिपेश केसीले बताए। कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो।
विभिन्न ठाउँमा १०० मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताए। बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताए। पशुपालक कृषक पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधि छोटिएर १० मिनेट भएको बताए। बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुंगेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन्।
गत वर्ष अर्थुंगेदेखि बाँसबोटसम्म करिब २०० मिटर सडक कालोपत्र भएको थियो। यो सडकले बेनी नगरपालिकाको ६, ५ र मंगला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरूलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ। बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको संगमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ। सडक बोर्ड नेपालको ७० लाख र बेनी नगरपालिकाको रु ३० लाख बजेट रहेको यो सडकअन्तर्गत एकपाटे, अवेचौर र पुरुण्डी क्षेत्रमा ४०० मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो।
ढलानको काम सकेर हुलाकचोकदेखि संगमचोकसम्मको १३० मिटर सडक प्रिमिक्स कालोपत्र भइरहेको छ। असारभित्र सक्ने योजना रहेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताए। यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले ७६ लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। यो ठेक्काको काम सकिएपछि बेनीदेखि पुरुण्डीसम्मको सडक सहज हुने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
