सुर्खेतमा पहिरोले पुरिएर १ जनाको मृत्यु, १ घाइते

पहिरोमा पुरिएर भेरी नगरपालिका–४ इवरमा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ । घाइते भएका उनका बुवा रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

काँक्रेविहार– भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए।

प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ। घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।