नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको छ। बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा पनि वृद्धि भएको छ।
काठमाडौँ– पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ। विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा वृद्धि भएको पनि देखिएको छ। नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो।
कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिस्ट्रेसन ३२.९ प्रतिशतले बढेको देखाएको छ। २०८०/८१ को अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो।
घरजग्गाको कारोबारमा वृद्धि भएसँगै मालपोत कार्यालयमा रजिस्ट्रेसन गर्नेको संख्या पनि बढेको छ। यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ।
यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो।
राष्ट्र बैंकका अनुसार रियल स्टेट र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ। कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासीय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ।
चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
