सर्लाहीबाट जन्ती लिएर लहानतर्फ जाँदै गरेको बस सडक छेउमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
धनुषा । धनुषामा जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
सर्लाहीबाट जन्ती लिएर लहानतर्फ जाँदै गरेको बस सडक छेउमा पल्टिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा आइतबार राति ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो।
घाइते हुनेमा सर्लाहीको कौडेना गाउँपालिका–६ का ६० वर्षीय जयन्दर राय, ३२ वर्षीय मनोजकुमार यादव, ५४ वर्षीय ससुखन यादव, विरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन्। यस्तै सर्लाही विष्णुपुर गाउँपालिका–८ का ३७ वर्षीय राधेश्यामप्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दिपनारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लालबाबु राय, २८ वर्षीय विजयकुमार साह रहेका छन्।
त्यसैगरी ६० वर्षीय जगदीश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन्। घाइतेमध्ये जयन्दर रायको अवस्था गम्भीर छ। अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापश्चात् बसचालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
