अनुसन्धानका क्रममा ३० अर्ब ८२ करोड २२ लाख मूल्य बराबरको ३ हजार १९४ किलो सुन तस्करी भएको सीआईबीले निष्कर्ष निकालेको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक सु र इलेक्ट्रोनिक्स सामानमा लुकाएर करिब ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ।
६० किलो सुन प्रकरणको दोस्रो चरणको अनुसन्धानका क्रममा ३० अर्ब ८२ करोड २२ लाख मूल्य बराबरको ३ हजार १९४ किलो सुन तस्करी भएको पाइएको हो। यस प्रकरणमा हालसम्म २० जनालाई पक्राउ गरिएको र २६ जना फरार रहेको सीआईबीले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
ब्रेक सुलगायत विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा २०८० साउन २ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो। यही समूहले ३१९४ किलो सुन तस्करी गरेको खुलेको सीआईबीले जनाएको छ। जसमा ब्रेक सुमा लुकाएर मात्र ३६२.७७८ किलो र इलेक्ट्रोनिक्स सामानमा २ हजार ८३१.८९ किलो तस्करी भएको पाइएको छ।
अवैध सुनको भुक्तानी प्रक्रियामा पेवेल नेपाल प्रालि र सजिलो पेमेन्ट सर्भिस प्रालिमार्फत अवैध सुनको भुक्तानी भएको सीआईबीले जनाएको छ। ५६ दिन लामो अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जनाकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
