अघिल्लो महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए। तर उनको निर्णयले आफैँमाथि मार पर्ने जोखिम देखिएको छ।
फ्रान्सको पहिलो चरणको संसदीय निर्वाचनमा अति दक्षिणपन्थी पक्षको ऐतिहासिक जित भएको छ। योसँगै फ्रान्सको अति दक्षिणपन्थीहरूले सरकार गठन गर्ने र प्रधानमन्त्री पदको दाबी गर्ने ऐतिहासिक अवसरको खोजी गरिरहेका छन्।
आइतबार सम्पन्न पहिलो चरणको चुनावमा मेरिन ले पेनको फार राइट (अति दक्षिणपन्थी) नेसनल र्याली (आरएन) गठबन्धनले ३३ प्रतिशत मत प्राप्त गरेको छ भने वामपन्थी न्यु पपुलर फ्रन्ट गठबन्धनले २८ प्रतिशत र राष्ट्रपति इमानुएल म्याक्रोनको मध्यमार्गी खेमाले २१ प्रतिशत मात्र मत प्राप्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।
फ्रान्सका राष्ट्रपति म्याक्रोनको मध्यमार्गी शक्तिले मात्र तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि जुलाई ७ मा हुने दोस्रो चरणको निर्वाचनमा देशलाई वर्वादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न राष्ट्रपति म्याक्रोनसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताएका छन्। तर निर्वाचनका लागि मात्र एक हप्ताको समय रहेको छ।
चुनावमा विपक्षी आरएन पार्टीकी ले पेनले नयाँ राष्ट्रियसभामा पूर्ण बहुमत प्राप्त गर्नेछ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। ले पेनका समर्थक २८ वर्षीय जोर्डन बर्डेलालाई प्रधानमन्त्री बन्न र सत्ता सम्हाल्ने निश्चित हुन आरएनलाई अहिलेकोभन्दा निकै धेरै मतको आवश्यकता पर्नेछ।
अघिल्लो महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए। निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोनको निर्णयले उनका केही सहयोगीहरू समेतलाई चकित पारेको थियो।
निर्वाचन घोषणाले म्याक्रोनलाई आफैँमाथि मार पर्ने जोखिम देखिएको छ। पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ।
दोस्रो चरणको निर्वाचनपछि ५७७ सदस्यीय राष्ट्रियसभामा आरएनले बहुमत प्राप्त गर्ने मतदान एजेन्सीहरूले अनुमान गरेका छन्। तर पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट पार्टीले प्राप्त गर्ने आधार स्पष्ट भइसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
