मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए। उनले ५० प्रतिशत मत खसेको जानकारी दिए।
काठमाडौँ– दोलखाको १० मतदान केन्द्रमा बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ। कति बजेदेखि मतगणना शुरू गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। ती मतदान केन्द्रमा चारवटा बुथमा ८ हजार ५१४ मतदाता रहेका छन्।
सो जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो। तामाकोशी गाउँपालिका-३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियो।
ती मतदान केन्द्रमा मंसिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मंसिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए। कुल १ लाख ६१ हजार ४५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
