कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ।
काठमाडौँ– कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा 'कौसी क्वीन–२०८१' सम्पन्न भएको छ। चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाएकी छन्।
सोमबार बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा उनलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिराइन्। यस वर्षको काैसी क्वीनको 'फस्ट रनर अप' गंगादेवी तिमल्सिना, 'सेकेन्ड रनर अप' कमला घिमिरे र 'थर्ड रनर अप' कमलमाया श्रेष्ठ भइन्। उनीहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।
प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा देशभरबाट २५ जना भन्दा बढीको सहभागिता रहेको थियो। बढ्दो शहरीकरणसँगै शहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
