देउवाले बुधबार र बिहीबार मधेशकेन्द्रित दुईवटा दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् भने अन्य साना दलहरूसँग पनि संवाद बढाइरहेका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि साना दलहरूसँग संवाद तीव्र पारेका छन्। देउवाले बिहीबार जनमत पार्टीका अध्यक्ष सीके राउतसँग संवाद गरी उनलाई सरकारमा आउन सहमत गराएका छन्।
राउतले सरकारमा जाने सहमति जनाउँदै बाँकी विषयमा थप छलफल गर्ने गरी देउवासँग बिदा भएको बताएका छन्। जनमत पार्टीबाट राउत मात्रै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
त्यसअघि बुधबार देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग लामो छलफल गरेका थिए। बालुवाटारमा भएको संवादमा देउवाले ठाकुरलाई नयाँ सकारमा सहकार्य गर्न आग्रह गरेका थिए। ठाकुरले सरकारमा सहभागी हुने संकेत गर्दै आफूहरूका मुद्दा सम्बोधनमा कांग्रेसले प्रतिबद्धता जनाउनु पर्ने सर्त राखेका थिए।
लोसपाले प्रतिनिधिसभामा ४ सिट र प्रदेशसभामा ७ सिट जितेको छ। देउवाले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि सरकारमा सहकार्य गर्नका लागि फकाइरहेका छन्। यी दुवै पार्टीले प्रतिनिधिसभामा ७/७ सिट जितेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
