सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका हुन्।
काठमाडौँ– संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ।
सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका कांग्रेसका केन्द्रीय प्रवक्ता मीनबहादुर विश्वकर्माले बताए। उनका अनुसार शुरूको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति भएको हो।
शुरूमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ। नयाँ बन्ने सरकारको असर प्रदेशमा पनि पर्नेछ।
सहमतिअनुसार अब प्रदेश अन्तर्गत एमालेले कोशी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिने बताइएको छ। मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको कांग्रेस निकट स्रोतले जनाएको छ।
ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रूप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष ओलीले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
