नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि दुवै दलका नेताहरू नयाँ सत्ता समीकरणको कसरतमा जुटेका छन्।
काठमाडाैँ– संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि दुवै दलका नेताहरू नयाँ सत्ता समीकरणको कसरतमा जुटेका छन्।
पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए। उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताए।
यस्तै, एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्। नयाँ सत्ता सहकार्यलाई मध्यनजगर गर्दै अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार उनीहरू तयारी अवस्थामा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए।
भण्डारीले भने, "हामी आज दिउँसोसम्म राजीनामा दिन्छौँ। अध्यक्षज्यूले भनेअनुसार नै मार्ग प्रशस्त गर्दैछौँ।" यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ।
बर्तौलाले भने, "प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ। यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौँ।"
सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सहमतिमा हस्ताक्षर गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
