एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ।मंगलबार पार्टी कार्यालय, च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति बुधबारसम्ममा मार्गप्रशस्त गर्न आग्रह गरेको हो।
बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ गठन हुने राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। “यो राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि यस्तो सरकारमा सहभागी हुन यसलाई सघाउन र यो सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीज्यूलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ,” उनले भने।
प्रधानमन्त्री दाहालबाट दुई ठूला दल मिलेर सरकार बनाउने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको यदि त्यसो नभए अन्य विकल्पबारे थप छलफल हुने उनको भनाइ छ। एमालेले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ। नेपाली कांग्रेससँग मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई बैठकले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको पनि उनले बताए।
सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले सहमतिमा हस्ताक्षर गरेका थिए। सहमतिअनुसार पहिला एमालेले र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
