नुनको मूल्य बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ। 

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ। 

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको २३ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ। न्यु शक्ति नुन एक किलोको १७ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ। यस्तै भानु नुन एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ।