अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै प्रतीक थापालाई केन्द्रीय कारागार चलान गरिएको छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार सो प्रकरणमा थापाको पनि संलग्नता देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार चलान गरिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई प्रहरीले शुक्रबार बौद्धबाट पक्राउ गरेको थियो। २०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत जेठ १० गते काठमाडौँ जिल्ला अदालतमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। त्यसमध्ये एक प्रतीक पनि हुन्। बुवा गृहमन्त्री भएकाबेला शरणार्थी प्रकरणमा उनी पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
