प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ तोकिएको छ। मंगलबार १ लाख ४२ हजार ३०० थियो।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ तोकिएको छ। मंगलबार १ लाख ४२ हजार ३०० थियो।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १ लाख ४१ हजार ६०० थियो। 

यसैगरी, चाँदीको मूल्य २० रुपैयाँ बढेको छ। मंगलबार १ हजार ८०५ रुपैयाँ रहेको चाँदी १ हजार ८२५ रुपैयाँ पुगेको छ।