प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने प्रयास गरेका छन्।
काठमाडौँ– विपद् जोखिम र त्यसको न्यूनीकरण विषयमा व्यंग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा गरिएको छ।
मंगलबार शुरू भएको प्रदर्शनी एक सातासम्म चल्नेछ। प्रदर्शनीमा कलाकार अविन श्रेष्ठ, अकृन, वासु क्षितिज, देवेन्द्र थुम्केली, केशव राज खनाल, महेश बस्ताकोटी, रवि मिश्र, रवीन्द्र मानन्धर, भानु भट्टराई, सानुराज डंगोल, सुजिता महर्जन, पल्पसा डंगोल, अर्पिता शाक्य, सुदर्शन सिग्देल, सौरगंगा दर्शनधारी, विश्व थापा, सागर शाह, आयुश, पान सिङ तमोर, गौरभ डंगोल र योगेश खपांगीका २७ व्यंग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र राखिएको छ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताउँदै विपद् न्यूनीकरणसम्बन्धी सन्देश तल्लो तहसम्म लैजान जरुरी भएको बताए।
राष्ट्रिय विपद् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रदर्शनीमा राखिएका कलाले जोखिमका विविध पक्षबारे उजागर गरेको बताए। “फूल, बालबालिका र कला सबैले मन पराउँछन्। यही भावलाई अंगीकार गर्दै कलामार्फत विपद् जोखिमका विषयलाई उठान गर्न खोजिएको हो,” उनले भने।
प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’को भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
