पूर्वएआईजी भण्डारी भन्छन्, “दुई दिनका लागि बढुवा गर्ने नियत नै ठिक छैन। यो गर्नु हुँदैन।”
काठमाडौँ– गत असार १२ गते प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन बढुवा समितिले सिफारिस गर्यो। गृहमन्त्री रवि लामिछानेको जोडबलमा पोखरेललाई दुई दिनका लागि भए पनि एआईजीमा बढुवा गर्न लागिएको भनेर टिकाटिप्पणीसमेत भयो।
गृहसचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा समितिले एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त हुन लागेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो।
जोशी बुधबारदेखि अवकाशमा गएका छन्। उनले अवकाश नपाउँदै पदलाई रिक्त मानेर बढुवा सिफारिस गराएको भनेर गृहमन्त्रीको आलोचनासमेत भएको थियो।
बुधबारदेखि पद नै रिक्त भएकाले पोखरेललाई मन्त्रिपरिषद् बैठक बसेर बुधबार नै एआईजीमा बढुवा गरियो भने पनि दुई दिन मात्र पदमा रहने छन्। प्रहरी नियमावली, २०७१ को दफा १२७ अनुसार उनी ५६ वर्षे उमेर हदका कारण शुक्रबार (२१ असार) देखि निवृत्त हुनेछन् ।
गृहसचिव अर्यालले भने पोखरेललाई बढुवाका लागि सिफारिस गरिए पनि निर्णय भइनसकेको बुधबार उकालोलाई बताए।
यहीबीच असार १७ गते मध्यरातमा सत्ता समीकरण एकाएक बदलिएसँगै यो बढुवा होला कि नहोला भन्ने संशय छ। सरकारले पोखरेललाई बढुवा गर्ने निर्णय गर्न सके पनि यो नियत नै सही नभएको नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी बताउँछन्।
“यो सरकार अहिले पनि विश्वासको मत नपाएसम्म फुलफ्लेज्ड नै हो, सिफारिसको प्रक्रिया अगाडि बढिसकेकोले सरकारले बढुवा गर्न सक्छ,” भण्डारी भन्छन्, “तर यो दुई दिने बढुवा गर्ने जुन प्रवृत्ति छ, त्यो गलत छ। हुन त यो प्रहरी संगठनको नयाँ प्रवृत्ति होइन। तर यसमा कसै न कसैको स्वार्थ भएको त स्पष्टै छ।”
असार १७ अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को समर्थन थियो। तर मध्यरातमा एमालेले नेपाली कांग्रेससँग सहर्काय गरेर सरकार बनाउने सहमति गरेसँगै दाहाल अल्पमतमा परेका छन्। एमालेले त उनलाई राजीनामा गर्न बुधबारसम्मको अल्टिमेटम नै दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
