महामन्त्री ढकालले बैठक प्रत्यक्ष प्रसारण गर्ने सर्त राखे पनि बाँकी सबै केन्द्रीय सदस्यले सो सर्तलाई अस्वीकार गरेपछि प्रत्यक्ष प्रसारण नभएको सहप्रवक्ता एंव सांसद मनिष झाले बताए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमा आफूलाई बोल्न नदिएको आरोप लगाएका छन्। उनले पार्टी लामिछानेको मात्रै नभएको पनि बताएका छन्।
बुधबार बिहान बसेको बैठकमा टेप टाँसेर प्रस्तुत भएका उनले आफूले तयार पारेको प्रस्ताव पेश चाहे सभापतिले रोकेको बताएका छन्। केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा टेप टाँसेका थिए।
“हिजो सचिवालय बैठकको निर्णय बमोजिम समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारेको थिएँ र समीक्षा प्रतिवेदन पछिका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने निर्णय भएको थियो,” ढकाल भन्छन्, “तर आज मलाई बोल्न दिइएन। लिखित रूपमा तयार पारिएको प्रस्ताव र भनाइ पनि सभापतिले राख्न अनुमति दिनुभएन।”
यता रास्वपाका सहप्रवक्ता एंव सांसद मनिष झाले भने महामन्त्री ढकालले बैठक प्रत्यक्ष प्रसारण गर्ने सर्त राखे पनि बाँकी सबै केन्द्रीय सदस्यले सो सर्तलाई अस्वीकार गरेपछि प्रत्यक्ष प्रसारण नभएको बताए।
“बैठक प्रत्यक्ष प्रसारण गर्ने कुरामा सभापतिज्यु सहमत हुनुहुन्थ्यो तर बाँकीले मान्नुभएन। त्यसपछि उहाँले मुखमा टेप टाल्नुभयो,” झाले भने, “पछि महामन्त्रीकै उपस्थितिमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी ज्यूले प्रतिवेदन पढेर सुनाउनुभयो। जहाँसम्म उहाँले बोल्न दिएनन् भनिरहनुभएको छ त्यो अब ब्रेकपछि शुरू हुने बैठकमा उहाँले मात्रै होइन सबैले बोल्न पाउँछन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
