भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएको समय एक्कासी भागदौड हुँदा ठूलो संख्यामा हताहत भएको हो।
उत्तरी भारतमा आयोजित हिन्दू धार्मिक सभामा मंगलबार भएको भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै मृत्यु हुनेको संख्या १२१ पुगेको छ।
प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएको समय एक्कासी भागदौड हुँदा ठूलो संख्यामा हताहत भएको हो।
अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो संकलन गर्ने प्रयास गर्दा भागदौड शुरू भएको बताएका छन् भने कतिपयले धुलोको आँधी आउँदा भागदौड मच्चिएको बताएका छन्।
“महिला र बालबालिकासहित भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए। सभामा पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथी थिचिएका थिए,” सुरक्षा सेवामा खटिएका प्रहरी अधिकारी शीला मौर्यले भनिन्। धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो।
मृत्यु हुनेमा सात बालबालिका, एक पुरुष र बाँकी सबै महिला रहेका थिए। उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधबार मृतकको सूची जारी गरेको छ। यसले घटनामा १२१ जनाको मृत्यु भएको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
