पर्यटकीय क्षेत्र भएकाले पर्यटकको बाह्रैमास आवागमन हुने मनाङमा बाढीपहिरोका कारण बेलाबेला सडक अवरुद्ध भइरहँँदा उनीहरूले सास्ती खेप्नुपर्ने अवस्था छ।
मनाङ– देशभर मनसुन शुरू भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ। सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसिशहर–चामे सडक पूर्णरूपमा अवरुद्ध छ। मनसुन शुरू भएसँगै स्थानीयवासीमा त्रास बढेको छ।
मनाङ बाढीपहिरोको जोखिम क्षेत्र मानिन्छ। त्यसैले मनाङवासीलाई बाढीपहिरोको सधैँ त्रास रहन्छ। पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आवगमन हुने गर्छ। बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँँदा उनीहरूले सास्ती भोग्नुपर्ने अवस्था छ।
तिमाङ खोलाले काठे पुल बगाएपछि अवरुद्ध भएको सडक खुलाउन सकस भएको छ। खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।
बाढीपहिराका कारण सडक मात्र नभइ मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ। सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ। सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ। स्थलमार्ग डुम्रे–बेँसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ। बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ।
“बर्खामा जोखिम र सकसपूर्ण अवस्था मोल्नु पर्छ”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने। सो अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उनको भनाइ छ। लमजुङको बेँसीशहर हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकाले छोटो समयमा नै खोलामा पुल निर्माण गरिसक्नुपर्छ। विसं २०७८ मा ठूलो क्षति बेहोरेको सम्झदै गुरुङले मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (५४१६मि) पार गरेर सामान ल्याएर गुजारा चलाएको सुनाए।
बाढीपहिराले सधैँ मनाङको माथिल्लो क्षेत्र समस्यामा पर्छ। खाद्यान्न ढुवानी गर्न समस्या हुन्छ। चामे–५ का फुर्वा लामा भन्छन्, “अहिले तिमाङ खोलाको बाढीले काठेपुल बगायो। माथिल्लो मनाङ आवतजावत गर्ने अवस्था छैन। लामो समय अवरुद्ध भयो भने अत्यावश्यक सामग्री पुर्याउनै समस्या हुन्छ।”
मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा पर्छ। प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको यात्रा धेरै जोखिमपूर्ण छ। खहरे खोला, सानातिना खोला, घट्टेखोलामा आएको बाढीले यहाँको सडक सञ्जाल विच्छेद हुने गरेको उनले बताए। स्थानीयवासी सौर्य ऊर्जामाथि निर्भर रहन्छन्।
काठेपुल बगाएपछि समयमै पुल मर्मतको काम गर्न कठिन हुने प्रजिअ लामिछानेले बताए। बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो।
बाढीले बेँसीशहर–चामे सडकको पक्की पुल बगायो
तिमाङ खोलामा आएको बाढीले बेँसीशहर–चामे सडकमा रहेको पक्की मोटरेवल पुल बगाएको छ। गए राति तिमाङको तल्लो क्षेत्रको पक्की पुल बगाएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए।
यसअघि मंगलबार साँझ तिमाङ खोलामा राखिएको काठेपुल बगाएको थियो। गए राति सो क्षेत्रको तल्लो भागमा रहेको तिमाङको ठूलो छहराको पुल बगाएको उक्त योजना कार्यालयले जनाएको छ। सानो छहराको पुलमा ढुंगा र ग्रेग्र्याङ थुप्रिएर क्षति पुर्याएको सूचना अधिकारी पोखरेलले बताए। सो ठाउँमा काठेपुल विस्थापित गरी दुई वर्षअघि पक्की पुल निर्माण गरिएको थियो। उक्त योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार रुपैयाँ तथा सानो छहरामा कल्भर्ट पुल ११ लाख ८५ हजार रुपैयाँमा निर्माण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
