सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोड बराबरको कारोबार

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को अंकमा कायम भएको हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को अंकमा कायम भएको हो।

आज ३१४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार १९९ पटक खरिदबिक्री हुँदा कारोबार रकम पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार ९३५ बराबर पुगेको छ।

आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ६.१२ र वित्त समूहको सूचक ६.०४ प्रतिशतले बढेको छ। बैंकिङ ०.६३, विकास बैंक २.७१ र लगानी ०.१८ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

होटल तथा पर्यटन ०.१९, जलविद्युत् ०.६८, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन १.०७, लघुवित्त ०.१४, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.७० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको २३ करोड एक लाख ७७ हजार ७७४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ।