कमिलाले शुरूमा मुखले घाउ सफा गर्ने तथा दाँतले शरीरका क्षतिग्रस्त अंगहरू काटेर फाल्ने गर्छन्। अंग काट्ने निर्णय पनि धेरै सावधानीपूर्वक लिइन्छ।
द्वन्द्व, रोग वा दुर्घटनामा घाइते भएका व्यक्तिको शरीरको कुनै अंगमा क्षति पुग्यो भने शरीरकै लागि खतरा उत्पन्न हुन्छ। त्यसैले चिकित्सकले कतिपय अवस्थामा उक्त अंगलाई काट्छन्। यो एक धेरै जटिल शल्यक्रिया हो जुन विशेषज्ञद्वारा गरिन्छ। तर मानिसले मात्र यस्तो शल्यक्रिया गर्दैनन्। एक नयाँ अनुसन्धानमा कमिलाहरूले पनि त्यस्तै शल्यक्रिया गर्ने गरेको वैज्ञानिकहरूले बताएका छन्।
कमिलाहरूले आफ्ना घाइते साथीहरूको ज्यान बचाउन खुट्टा काट्ने गरेको उक्त अनुसन्धानले देखाएको छ। ‘करेन्ट बायोलोजी’ जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखमा ‘फ्लोरिडा कारपेन्टर’ प्रजातिका कमिलाले यस्तो गर्ने गरेको उल्लेख छ। यी खैरो/रातो रंगका कमिलाहरू डेढ सेन्टिमिटरसम्म लामो हुन्छन् र दक्षिणपूर्वी अमेरिकामा पाइन्छन्।
यी कमिलाहरूले आफ्नो गुँडमा बस्ने अन्य कमिलाहरूको शरीरमा चोट लाग्दा उपचार गर्ने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका हुन्। आफ्नो मुखले घाउ सफा गर्ने तथा दाँतले शरीरका क्षतिग्रस्त अंगहरू काटेर फाल्ने गर्छन्। अंग काट्ने निर्णय पनि धेरै सावधानीपूर्वक लिइन्छ। माथिल्लो भागमा चोट लागेको अवस्थामा मात्रै खुट्टा काटिएको अनुसन्धानका क्रममा वैज्ञानिकले पत्ता लगाएका छन्। यदि चोट तल्लो भागमा थियो भने, अंग काटिएको थिएन। पोथी कमिलाले मात्रै यस्तो काम गरेको अनुसन्धानका क्रममा पाइएको छ।
जर्मनीको वुर्जबर्ग विश्वविद्यालयका प्राणीशास्त्री तथा यस अनुसन्धानका प्रमुख एरिक फ्र्यांक भन्छन्, "यो अध्ययनमा हामीले पहिलो पटक मानिस मात्र होइन, अन्य जनावरहरूले पनि आफ्ना साथीहरूको ज्यान बचाउन खुट्टा काट्ने जस्ता प्रक्रियाहरू प्रयोग गरेको देख्यौँ।"
कमिलाहरूको यो व्यवहार अद्वितीय भएको फ्र्यांक बताउँछन्। उनी भन्छन्, "घाइतेहरूको हेरचाह गर्ने कमिलाहरूको यो चिकित्सा प्रणाली पशु संसारमा सबैभन्दा परिष्कृत छ र यसको तुलना मानिसमा मात्र पाइन्छ भन्ने कुरामा म पक्का छु।"
उपचारको यो निर्णय जनावरहरूमा रगतको रूपमा पाइने नीलो/हरियो रंगको तरल पदार्थको प्रवाहमा आधारित छ। फ्र्यांक भन्छन्, "खुट्टाको तल्लो भागमा चोटपटक लागेमा तरल पदार्थको बहाव बढ्छ। यसको मतलब चोट लागेको पाँच मिनेटभित्रै रोगजनक शरीरमा प्रवेश गरिसकेको हुन्छ र चोटपटक लागेमा खुट्टा काट्नुको कुनै अर्थ रहँदैन। माथिल्लो भागमा छ भने तरल पदार्थको प्रवाह कम हुन्छ र त्यसपछि सही समयमा र प्रभावकारी रूपमा खुट्टा काट्ने समय हुन्छ।"
दुवै अवस्थामा, कमिलाहरूले पहिले घाउ सफा गर्छन्। यसका लागि तिनीहरू मुखबाट निस्कने टाँसिने तरल पदार्थ प्रयोग गर्छन्। घाउ चुसेर पनि सफा गर्छन्। अंग काट्ने सम्पूर्ण प्रक्रियामा कम्तिमा ४० मिनेटदेखि तीन घण्टासम्म लाग्छ। कमिलाका छ वटा खुट्टा हुन्छन् र एउटा काटिए पनि काम गर्न सक्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
