नयाँ सत्ता समीकरण बनिसकेको अवस्थामा पनि प्रधानमन्त्री दाहालले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
काठमाडौँ– नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा गर्न सुझाव दिएको थियो। तर, दाहालले भने राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएका छन्।
नयाँ समीकरण बनिसकेको अवस्थामा पनि प्रधानमन्त्री दाहालले पद त्याग्न नमानेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
"हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्याउन प्रधानमन्त्रीलाई मार्गप्रस्थ गर्ने समय दिएका थियौँ। तर उहाँ नछाड्ने अडानमा हुनुहुन्छ," सचेतक बर्तौलाले भने, "प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेका हाैँ।"
प्रचण्डको सरकारमा एमालेका ८ जना मन्त्री रहेका छन्। एमालेले सबै मन्त्रीलाई राजीनामा दिन लगाएर समर्थन फिर्ता गर्ने निर्णय गरेको हो। मन्त्रीहरूले पनि राजीनामा बुझाउन तयारी गरिरहेको सचेतक बर्ताैलाले बताए। “मन्त्रीहरूले पनि आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी गरिरहनुभएको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
