सबै ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएसँगै दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ।
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ। उक्त दलबाट नेतृत्व गरेका सबै आठ जना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका छन्।
त्यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका आफ्नो पार्टीका सबै मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए। मंगलबार ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रस्थ गर्न प्रधानमन्त्री दाहाललाई आग्रह पनि गरेको थियो। उक्त अवधिमा प्रधानमन्त्री दाहालले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीहरूले आज अपराह्न दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।
यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री दाहाललाई पठाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
