१३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चार वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइडको मात्रा अत्यधिक भएको पाएपछि जरिबाना गरिएको महानगरले जनाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चार वटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई आठ लाख रुपैयाँ जरिबाना गराएको छ।
कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चार वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइडको मात्रा अत्यधिक भएको पाएपछि जरिबाना गरेको हो। मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालु भई सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याच/लट नं–२ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ। यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।
प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच/लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच/लट नं ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिबाना गराइएको हो। यी उत्पादनहरू क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रा लि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन्।
विसं २०८० माघमा उत्पादन भएको, ब्याच/लट नं १० को फेमिली ब्रान्डको आयातित तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको प्रमुख न्यौपानेले जानकारी दिए। यो शिवशक्ति घिउ उद्योग जीतपुर, बाराको उत्पादन हो।
उक्त ब्रान्डहरूको नमूना परीक्षणका लागि कामपाले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो। यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि उक्त ब्रान्डहरूलाई कारबाही गरिएको हो।
“नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ। यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,” प्रमुख न्यौपानेले भने। मिसावट भेटिएका उक्त तेल तीन दिनभित्र फिर्ता ल्याएर नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई कामपाले पत्राचार गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
