प्रतितोला १ लाख ४४ हजार ३०० पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो। बुधबार तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो। 

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँ तोकिएको छ। बुधबार १ लाख ४२ हजार थियो। 

यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ। चाँदी अघिल्लो दिन चाँदीको मूल्यभन्दा तोलामा ४० रुपैयाँले घटेको हो।