भवन निर्माणका लागि ल्याइएका फलामे रड खिया लागेर काम नलाग्ने भएका छन्। अस्थायी टहराबाट अस्पतालको सेवा सञ्चालन गरिएको छ।
रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन दोरम्बा अस्पताल भवनको निर्माण कार्य अलपत्र परेको छ। ठेकेदारले काम छाडेर भागेपछि १५ शय्या अस्पतालको निर्माण कार्य तीन वर्षदेखि ठप्प भएको हो।
भवन निर्माणका लागि ल्याइएका फलामे रड खिया लागेर काम नलाग्ने भएका छन्। भवन नबन्दा अस्थायी टहराबाट अस्पतालको सेवा सञ्चालन गरिएको छ। जसले गर्दा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्। आरोग्य सुवेदी जेभीले २०७७ चैतमा ११ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०७८ चैतमा सक्ने सम्झौता थियो।
निर्माण कम्पनीले २ करोड २६ लाख रुपैयाँ पेस्की र पहिलो बिलको ८२ लाख ४७ हजार भुक्तानी लगिसकेको गाउँपालिकाले जनाएको छ। निर्धारित समयमा काम सम्पन्न नगरेपछि दोरम्बा शैलुङ गाउँकार्यपालिका बैठकले पहिलो पटक २०७८ असोज १६ गतेसम्म म्याद थप गरेको थियो। त्यो अवधिमा पनि काम नगरेपछि पुनः २०८० असारसम्म म्याद थप गरे पनि ठेकेदारले काम गरेनन्। गाउँपालिकाले पनि कारबाहीको कुनै प्रक्रिया अघि बढाएको छैन।

कम्पनीले सो स्थानका अधिकांश निर्माण सामग्री उठाएर अन्यत्रै लगेको छ। भवनको जग राखेर केही पिल्लर उठाउने बाहेकको काम भएको छैन। सो विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी हाल्दा पनि काम अघि नबढेको स्थानीय रत्नप्रसाद कँडेलले बताए। स्थानीय सरकार र प्रशासन मौन रहनुले नागरिकमा शंका पैदा भएको उनले बताए।
काम नगर्ने ठेकेदारलाई कारबाही गरेर भवन निर्माण अघि बढाउन उनले पालिकासँग माग गरे। अस्पतालको नाममा २७ रोपनी १२ आना जग्गा छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई पालिकास्तरको अस्पताल घोषणा गरिएको छ। तर अस्पतालबाट सेवाप्रवाह हुन सकेको छैन। सेवा नभएपछि स्थानीय उपचारको लागि काभ्रेको धुलिखेल र काठमाडौँ धाउनुपर्ने बाध्यता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
