नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।
काठमाडौँ– नेकपा एमालेले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको जनाएका हुन्। “...अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। असार १७ गते संसद्का दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको थियो। १९ गते एमालेले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो भने एमालेका तर्फबाट मन्त्री बनेकाहरूले पदबाट राजीनामा दिएका थिए।
अहिलेको परिस्थितिमा वर्तमान सरकारले विश्वासको मत पाउने अवस्था नरहेको उल्लेख गर्दै एमालेले राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न प्रधानमन्त्री दाहाललाई पुनः अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
