अख्तियारले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।
काठमाडौँ– रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो।
आयोगले कटहरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो.मकसुद आलम, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यापलिका सदस्यद्वय समिशविक्रम शाह, मनोजप्रसाद जैसवाल, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साहलाई पनि विपक्षी बनाएको छ।
नगरपालिका–२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स फ्लोरिङका कार्य लागि बौद्धिमाई उपभोक्ता समितिमार्फत निर्माण गर्ने गरी योजना सम्झौता भएको थियो। तर रकम भुक्तानीका क्रममा बढी काम भएको देखाइ अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध १२ लाख ५२ हजार ९४१ रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिबाना सजाय माग दाबी लिइएको प्रवक्ता नरहरि घिमिरेले जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
