एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत चयन भएका छन्।
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाल चयन भएका छन्।
जारी १०औँ राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाल र महासचिवमा भूसाललाई चयन गरेको हो। झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्।
असार १६ गतेबाट शुरू भएको एकीकृत समाजवादीको १०औँ महाधिवेशनमा बुधबार पार्टीको दस्ताबेज पारित भएको थियो। त्यसपछि नेतृत्व चयनका लागि छलफल भएको थियो।
महाधिवेशन हलले अध्यक्षमा नेपाल, महासचिवमा भुसाल र सम्मानित नेतामा खनालको नाम सर्वसम्मत भएको घोषणा गरेको हो। महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनुपर्नेमा अन्य पद सचिवालयले टुंगो लगाउने निर्णय भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
