एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ।
काठमाडौँ– केन्द्रमा सत्तासमीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबाट बाहिरिएको छ।
एमालेले बिहीबार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको हो।
एमालेका प्रदेशसभा सदस्य एवं आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर पार्टीबाट मन्त्री भएकाहरूले बिहीबार नै राजीनामा बुझाएका जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट पालसँगै हीरा सार्की आन्तरिक मामिलामन्त्री र वीरबहादुर थापा वन, वातावरण तथा सहकारीमन्त्री थिए।
त्यस्तै, लुम्बिनी एमाले संसदीय दलका नेता लीला गिरीले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको र बिहीबार नै एमालेबाट सरकारमा गएका मन्त्रीले राजीनामा बुझाएको बताए।
लुम्बिनीमा चेतनारायण आचार्य आर्थिक मामिला तथा योजनामन्त्री, दिनेश पन्थी आन्तरिक मामिला तथा कानूनमन्त्री, भूमिश्वर ढकाल शहरी विकास तथा खानेपानीमन्त्री, रत्न खत्री सामाजिक विकासमन्त्री र अर्जुनकुमार केसी वन तथा वातावरणमन्त्री थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
