दक्षिणपूर्वी राज्य सेन्नारमा नाइल नदी पार गर्ने क्रममा डुंगा डुब्दा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।
सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको युद्धबाट भाग्ने क्रममा २५ जनाको नाइल नदीमा डुबेर मृत्यु भएको छ।
प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको स्थानीय समितिका अनुसार दक्षिणपूर्वी राज्य सेन्नारमा नाइल नदी पार गर्ने क्रममा डुंगा डुब्दा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।
पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा शनिबार सैन्य आधार कब्जा गरेको आरएसएफले घोषणा गरेको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार आरएसएफले छिमेकी गाउँहरूमा घुसपैठ गरेर त्यहाँका बासिन्दालाई नाइल नदीपारि काठको सानो डुंगामामा भाग्न बाध्य बनाएको थियो। संयुक्त राष्ट्रसंघले सोमबार तीन दिनभित्र सिन्जाबाट मात्र कम्तिमा ५५ हजार मानिस भागेको बताएको थियो।
छिमेकी राज्य गेडारेफमा यसै साता करिब एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीहरूले बिहीबार अनुमान गरेका छन्। राज्यका स्वास्थ्यमन्त्री अहमद अल–अमिन एडमले ९० हजार विस्थापितको आधिकारिक रूपमा दर्ता गरिएको बताए।
हाल सुडानमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन्। यसलाई राष्ट्रसंघले विश्वको सबैभन्दा खराब विस्थापन संकट भनेको छ।
सन् २०२३ अप्रिलदेखि सुडान युद्धको चपेटामा छ। सुडानका लागि अमेरिकी राजदूत टम पेरिएलोका अनुसार चार करोड ८० लाख जनसंख्या भएको सुडानमा द्वन्द्वले हजारौँ मानिसको ज्यान लिएको छ। केही अनुमानअनुसार मृतकको संख्या एक लाख ५० हजारसम्म पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
