काठमाडौँको सामाखुशी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा नुवाकोटको सूर्यचौर पुग्न सकिन्छ।
सूर्यचौर– नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौँलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
समुद्र सतहदेखि दुई हजार मिटर उचाइमा रहेको सूर्यचौरबाट काठमाडौँदेखि नुवाकोटका विभिन्न रमणीय फाँट, गणेश, मनासलु र अन्नपूर्ण हिमाल देख्न सकिन्छ। काठमाडौँको सामाखुसी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ।
पर्यटकीय गतिविधि बढ्न थालेपछि पछिल्लो समय पर्यटन व्यवसायीले यस क्षेत्रमा लगानीसमेत बढाउन थालेका छन्। यसअघि युवायुवती, साथीभाइदेखि परिवारसम्म पिकनिक र आरामका लागि खाली चौरको उपयोग हुने गरेको थियो। पछिल्लो समयमा भने नयाँ होटल तथा रेस्टुराँ सञ्चालनमा आएका छन्। पर्यटन व्यवसायी जग्गा खरिद गरी होटल निर्माणमा जुटिरहेका छन्।
पिकनिक, जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ। यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन भइसकेको छ भने जीपलाईन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले यस क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिएको बताए। “शिवपुरीभित्र रहेका प्राकृतिक सम्पदाका साथै यहाँभित्रका झरना, मठमन्दिर संरक्षणका लागि गाउँपालिका जुटेको छ,” उनले भने, “लौके झरना संरक्षण, झरनाको फेदमा पोखरी निर्माणका लागि एक करोड विनियोजन गरिसकेका छौँ।”
यसैगरी, शिवपुरीभित्रका पर्यटकीय स्थल संरक्षणका लागि पदमार्ग, विश्रामस्थल, प्रचारप्रसार पनि तीव्र पारिएको छ। पर्यटन प्रवर्द्धनका लागि शिवपुरीभित्रका विभिन्न गाउँमा होमस्टे सञ्चालन गर्न होमस्टे तालिमसमेत सञ्चालन गरिएको छ।
दुप्चेश्वर गाउँपालिका–२ र ४, शिवपुरी गाउँपालिका–७ र ककनी गाउँपालिका–२ र ५ लाई समावेश गरी ककनी–सुइरेचौर–चिसापानी–कुटुमसाङलाई जोडेर पदमार्ग निर्माण गर्ने योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
