मनसुनजन्य विपद्बाट हालसम्म २८ जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता तथा अन्य २५ जना घाइते भएका छन्।
काठमाडौँ– मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता तथा अन्य २५ जना घाइते भएका छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको बताए।
चालु आर्थिक वर्षमा हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको र १९ जना घाइते भएका बताए। उनका अनुसार बाढीबाट चार जनाको मृत्यु, एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। भारी वर्षाका कारण चार जना घाइते भएका छन्।
चट्याङका ९३ वटा घटनामा परी १९ जनाको मृत्यु भएको तथा ३५ घाइते भएका छन्। हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए। सबै विपद्का घटनाबाट १७१ चौपाया मरेका छन्।
विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिए। उनले मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुने गरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिए।
उनले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको जानकारी दिए। उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार ‘कमान्ड पोस्ट’ खडा गरी विपद्बाट धनजन जोगाउने कार्यक्रम भइरहेका बताए।
जिल्ला विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई पाँच लाख, प्रदेश सरकारबाट प्राप्त तीन लाख रुपैयाँ, चामल, दाल, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ। साथै मृतकका परिवारलाई तत्काल १५ हजार, त्रिपाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
