प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। सत्तासाझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
नयाँ सरकार गठनका लागि संसद्का ठूला दुई दल एमाले र नेपाली कांग्रेस प्रधानमन्त्री दाहालको राजीनामा पर्खिरहेका बेला उनले राजीनामा नदिई विश्वासको मत लिने लागेका हुन्। असार १८ गते बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो।
एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरणको सहमति भएको छ। दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट मन्त्री बनेकाहरूले पदबाट राजीनामासमेत दिएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका साना दलको समर्थन भने कायमै छ।
शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएका छन्। सत्तासाझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
“मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ,” पत्रमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
