बेल्जियम र क्यानडा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएका छन्।
काठमाडौँ– बेल्जियम र क्यानडा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएका छन्।
अहमेद बिन अलि रंगशालामा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो।
खेलमा दुवै टिमले गोल गर्ने केही सुन्दर अवसरलाई खेर फालेका थिए। समूह ‘एफ’ मा बेल्जियमले ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै घर फर्कियो। क्रोएसियाले ३ खेलमा ५ अंक जोड्यो। साविक उपविजेता क्रोएसिया दोस्रो स्थानमा रहदै अन्तिम १६ मा पुगेको हो।
सोही समूहको विजेता बन्दै मोरक्को नकआउट प्रवेश गरेको छ। अल थुमामा स्टेडियममा क्यानडालाई २–१ गोल अन्तरले हराउँदै अघिल्लो चरण पुगेको हो।
मोरक्कोको जितमा हाकिम जिएच र युसुफ एन नेसरीले एक/एक गोल गरे। क्यानडाले एक गोल आत्मघाती उपहार पाएको थियो . मोरक्को १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
