हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन्।
हुम्ला– हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ।
सिमकोट विमानस्थल क्षेत्रको मौसम प्रतिकूल हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।
नेपालगन्जबाट तारा, सीता र समिट एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरे पनि हुम्ला आउने इनरुट र सिमकोट आसपास क्षेत्रको मौसम प्रतिकूल हुँदा हवाई सेवा अवरुद्ध भएको उनको भनाइ छ।
शुक्रबार बेलुकाबाट वर्षा शुरू भएको छ। हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन्।
सिमकोट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु सिमकोटमा रोकिएका छन्। नेपालगन्जबाट सिमकोट आउने यात्रु नेपालगन्ज विमानस्थलमा दिनभरि विमान कुरेर फर्कने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
