बेलायतका नवनियुक्त प्रधानमन्त्री कियर स्टार्मरले मुलुकको पुनर्निर्माणका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पहिलो पटक बेलायतको प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिट प्रवेश गरेका कियर स्टार्मरले मुलुकको पुनर्निर्माणका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ऋषि सुनकको पार्टी कन्जरभेटिभको १४ वर्षको शासन अन्त्य गर्दै लेबर पार्टीका नेता स्टार्मरले आमनिर्वाचनमा भारी जित हासिल गरेका थिए।
राष्ट्रप्रमुख राजा चार्ल्स तृतीयको सरकार गठनको अनुरोध स्वीकार गरेपछि उनले डाउनिङ स्ट्रिटबाहिर पत्रकारलाई भने, “परिवर्तनको काम तुरुन्त शुरू हुन्छ। हामी बेलायतको पुनर्निर्माण गर्नेछौँ भन्नेमा कुनै सन्देह नगर्नुहोस्।”
सो क्रममा ६१ वर्षीय स्टार्मरले सुनकलाई धन्यवाद दिएका थिए। सुनकलाई लिज ट्रसको संकटपूर्ण कार्यकालपछि सन् २०२२ अक्टोबरमा टोरी नेता तथा प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो।
“हाम्रो मुलुकको पहिलो ब्रिटिस–एशियाली प्रधानमन्त्रीका रूपमा उहाँको उपलब्धि, त्यसका लागि आवश्यक पर्ने अतिरिक्त प्रयासलाई कसैले पनि कम आँक्नु हुँदैन,” उनले भने, “हामी आज उहाँलाई धन्यवाद दिन्छौँ, हामी उहाँको नेतृत्वमा गरिएको समर्पण र कडा परिश्रमलाई पनि मान्यता दिन्छौँ।”
बेलायतीहरू घट्दो सार्वजनिक सेवा स्तर, उच्च मूल्यवृद्धि र राजनीतिज्ञका कोरा वाचाबाट थाकेको अवस्थामा प्रधानमन्त्री बनेका स्टार्मरले आगामी दिनमा डरलाग्दो कार्यसूचीको सामना गर्नुपर्ने छ। “सरकारले ‘देश पहिला, पार्टी दोस्रो’ राख्नेछ,” उनले भने।
उनले तत्काल रूपान्तरणको उच्च अपेक्षामाथि काबु पाउने प्रयास गर्ने पनि बताएका छन्। “कुनै पनि मुलुकलाई परिवर्तन गर्न स्विच दबाएजस्तो सजिलो हुँदैन”, उनले भने, “संसार अहिले धेरै अस्थिर अवस्थामा छ, यसमा थोरै समय लाग्नेछ तर रूपान्तरणको काम तुरुन्त शुरू हुनेछ, यसमा शंका नगर्दा हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
