अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले शुक्रबार संयुक्त रूपमा राजीनामा दिएका छन्।
काठमाडौँ– अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। जसपाबाट सरकारमा रहेका मन्त्रीहरूको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर संयुक्त रूपमा राजीनामा पत्र बुझाएका हुन्।
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा नवलकिशोर साह सुडी वन मन्त्री, प्रदीप यादव स्वास्थ्य मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका थिए। पार्टीको शुक्रबार बसेको बैठकले नेकपा एमाले अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो।
सत्तासाझेदार दल नेकपा एमालेले साथ छाडेपछि प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन्। एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो। संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले मिलेर नयाँ सरकार गठनको सहमति गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
