नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानामा अवस्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीका लागि खतरनाक क्रसिङ गेटवे हो।

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५० आप्रवासीको पानीको अभाव र उच्च तापक्रमका कारण मृत्यु भएको छ।

मिडिया स्रोतहरूका अनुसार मानवीय संस्थाहरूले मरुभूमिका विभिन्न क्षेत्रमा आप्रवासीहरूको शव फेला पारेका छन्। उनीहरूले अन्य २०० आप्रवासीलाई उद्धार गर्न पनि सफल भएका थिए।

नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानामा अवस्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीका लागि खतरनाक क्रसिङ गेटवे हो।

तापक्रममा वृद्धि र पानीको अभावको सामना गरिरहेकाले यस क्षेत्रको यात्रा कठोर रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यसबाट आप्रवासीको जीवनलाई जोखिममा परेको छ।