वर्षा नरोकिएका कारण पहिरो झर्ने क्रम जारी रहेको र खुलाउने कार्यमा बाधा पुगेको प्रहरीले जनाएको छ।
ढोरपाटन– अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोरको बागलुङ र पर्वतखण्ड अवरुद्ध भएको छ।
बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय यादवले जानकारी दिए।
कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानदेखि बागलुङ बजार आउने सावारीसाधान बाटोमै अलपत्र छन्। भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको प्रहरीले जनाएको छ।
“लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन,” डीएसपी यादवले भने। वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ।
यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने पर्वतको मालढुंगा–बेनी सडक पनि अवरुद्ध भएको छ। कुश्मा नगरपालिका–१ मालढुंगा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन्। अन्यत्रबाट आएका सवारीसाधन मालढुंगामा रोकिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
