इरानका तत्कालीन राष्ट्रपति इब्राहिम राईसीको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो निर्वाचन आह्वान गरिएको थियो।
कट्टर रूढीवादी प्रतिद्वन्द्वी सइद जलिलीलाई पछि पार्दै सुधारवादी मसूद पेजेस्कियान इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।
मतगणना गरिएका ३ करोडभन्दा बढी मतमध्ये ५३.३ प्रतिशत मत प्राप्त गर्दै पेजेस्कियान विजयी भएका हुन्। जलिलीले ४४.३ प्रतिशत मत पाएका छन्। जुन २८ मा भएको निर्वाचनको पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन भएको थियो।
इरानका तत्कालीन राष्ट्रपति इब्राहिम राईसीको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो निर्वाचन आह्वान गरिएको थियो। जितपछि पेजेस्कियनले आफ्ना समर्थक तथा मतदातालाई धन्यवाद दिँदै सबैलाई मित्रताको हात दिने बताए। इरानको ६ करोड १० लाख योग्य मतदातामध्ये ४० प्रतिशतले मात्र पहिलो चरणमा भाग लिएका थिए। सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएको कुनै पनि राष्ट्रपतीय निर्वाचनमा सबैभन्दा कम मतदान हो।
पेजेस्कियनले इन्टरनेट प्रतिबन्ध कम गर्ने र महिलाका लागि अनिवार्य हेडस्कार्फ लागू गर्ने प्रहरी गस्तीलाई पूर्ण रूपमा विरोध गर्ने वाचा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
