निरन्तर वर्षाका कारण लेदोसहित आएको बाढी पहिरोले पुर्दा शनिबार बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएका थिए।
धुलिखेल– बाढीका कारण अवरुद्ध भएको बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्। निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण शनिबार बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन्।
बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मंगलटार, नार्के, ल्हासकोट र चारयसबेँसी तथा अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको बाउन्नकिलो र धुलिखेल नगरपालिकाको तिरतिर धारामा भलसहितको बाढीका कारण सडक अवरुद्ध भएको थियो। उक्त सडक एकतर्फी सञ्चालन आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
रोशी–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मंगलटारस्थित मंगलजनविजय मावि अगाडि, वडा नं ११ कालढुंगा र वडा नं १२ को माम्तिस्थित बीपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकामा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको पहलमा सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको प्रहरीले जनाएको छ।
समस्या भएका ठाउँमा प्रहरी परिचालन गरी सडक खुलाउने निरन्तर प्रयास भइरहेको डीएसपी श्रेष्ठले बताए। अरनिको राजमार्ग खण्डअन्तर्गत पाँचखाल नगरपालिका–८ को ५२ किलोस्थित खहरेखोलाबाट लेदोसहितको बाढी आएर सडक अवरुद्ध भएको थियो। सो स्थानमा पनि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो आउनुका साथै रुख ढलेर अवरुद्ध भएको सडक पनि एकतर्फी सञ्चालनमा आएको छ। वर्षा निरन्तर भइरहेकाले सवारीसाधनलाई सहज रूपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
