मधेश प्रदेशका मुख्यमन्त्री सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई पदमुक्त गरेका छन्।
धनुषा– मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन्। मन्त्रीहरूसँग राजीनामा माग गरिएको तर नदिएपछि बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए।
मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन्।
मधेश प्रदेशमा माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटनमन्त्री थिए। त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषिमन्त्री र बेची लुंगेली खानेपानीमन्त्री थिए भने नेपाल संघीय समाजवादी पार्टीबाट विमला अन्सारी गृहमन्त्री र नेपाल नागरिक उनमुक्ति पार्टीबाट उर्मिला सिंह यातायातमन्त्री थिए।
हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्ने लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन्। उनले शनिबार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
